लागुऔषधसहित ६ जना पक्राउ
काठमाडाैं | चैत २३, २०७९
काठमाडौं : प्रहरीले विभिन्न स्थानबाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी -१ लाबरबोटेका २३ वर्षीय सरोज याख्खासहित तीनजना र बर्दिया बढेयाताल गाउँपालिका २ फुटाहबाट २४ वर्षीय दिपक विकसहित ३ जना रहेका छन्।
अवैध लागुऔषध गाँजा करिब ६ किलोग्रामसहित याख्खाको समूहलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित बाँके कोहलपुर नगरपालिका-२ बस्ने विकसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

